२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

जुनियर युवा रेडक्रस तथा शिक्षक नायक गोष्ठी सम्पन्न

बुधवार , फाल्गुण ६, २०८२

  • 151
    Shares
  • 151
    Shares
  • भैरहवा, ६ फागुन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा ३९ औं जिल्लास्तरीय जुनियर युवा रेडक्रस तथा शिक्षक नायक गोष्ठी भैरहवामा सम्पन्न भएको छ । 
    शाखाका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ नगरनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले उद्घाटन गर्दै बालबालिकाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले विपद्को बेलामा र दुःखको समयमा रेडक्रसको महत्व निकै रहेको चर्चा गर्नुभयो । जहिले पनि नकारात्मक नभइ सकारात्मक सोचको विकास गरी मानवताका कुरा हुनुपर्ने थापाले बताउनुभयो । 

    कार्यक्रममा रेडक्रस रुपन्देहीका निवर्तमान सभापति दीपक क्षेत्री न्यौपानेले रेडक्रसको जग भनेको जुनिगर युवा रेडक्रस भएकाले विद्यालयबाटै यसको सिकाई हुनुपर्ने बताउनुभयो । आजको सिकाइले युवामा जागरण ल्याउने उहाँको भनाइ थियो । 

    रुपन्देही जिल्लाका २० वटा उपशाखाबाट ३÷३ जना गरी ६० जना विद्यार्थी सहभागी गोष्ठीमा सोही विद्यालयका एक÷एकजना शिक्षक नायकको पनि सहभागीता थियो । सहभागीलाई रेडक्रस केन्द्रका प्रशिक्षक डिल्लीराज जोशीले प्रशिक्षण दिनुभएको थियो । 

    प्रशिक्षण कार्यशालामा समूहगत छलफल पनि गराइएको रेडक्रस जिल्ला सदस्य राकेश गुरुङले बताउनुभयो । रेडक्रस रुपन्देही शाखाका उपसभापति रुपमा हिराचनको सिद्वान्त पाठ, कार्यक्रम संयोजक दिनेश पन्थीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन मन्त्री टेक बहादुर थापाले गर्नुभएको थियो ।