२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

राप्रपा रुपन्देही –१ का उम्मेदवार बोहराको प्रतिबद्धता : सुकुम्बासी समस्या समाधान गर्छु

मंगलवार , फाल्गुण ५, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रज्जवल बोहराले सुकुम्बासी समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

    मंगलबार (आज) देखि देवदह नगरपालिका–१० को चरङ्गेबाट सुरु गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै बोहोराले वर्षौंदेखि जग्गा स्वामीत्वबाट वञ्चित रहेका सुकुम्बासी नागरिकको समस्या अझै पूर्णरूपमा समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।

    उहाँले वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थित बसोबास र लालपुर्जा वितरण प्रक्रिया छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘राजनीतिक नारा मात्र होइन, व्यवहारिक काम आवश्यक छ । सरकारसँग समन्वय गरेर बाँकी कामलाई टुंगोमा पुर्याउने जिम्मेवारी म लिन्छु ।’

    अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरसमेत सिर्जना गर्न पहल गरिने उहाँको भनाइ छ ।

    रुपन्देही–१ क्षेत्रमा सुकुम्बासी बस्तीहरूको संख्या उल्लेख्य रहेकाले यस विषयलाई दीर्घकालीन योजनासहित प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले बताउनुभयो ।