मंगलवार , फाल्गुण ५, २०८२
काठमाडौं, ५ फागुन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमवार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीकाअनुसार यो विष्फोट बन्नु जिल्लाको मिरियान पुलिस स्टेशनको मुख्य गेट अगाडि बिहान १० बजे भएको थियो ।
सुरक्षा बल र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याइएको छ । जसमा केहीको अवस्था चिन्ताजनक छ । प्रहरीले विष्फोटको प्रकृतिबारे अनुसन्धान भइरहेको जनाएको छ ।
खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विष्फोटको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij