२०८२, चैत्र २० गते

Apr 03 2026 | २०८२, चैत्र २० गते

जेसीआई सिद्धार्थ लेडीको ३० औं पदस्थापन समारोह सम्पन्न

मंगलवार , फाल्गुण ५, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ५ फागुन । जेसीआई सिद्धार्थ लेडी, नेपालको ३० औं पदस्थापन समारोह सम्पन्न भएको छ । शनिबार भैरहवामा आयोजित समारोहमा वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन गरिएको कार्यक्रम संयोजक रोशनी गौतमले बताउनुभयो ।

    समारोहको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै खाँले जेसीआई सिद्धार्थ लेडी, नेपालले युवाहरुमा व्यक्तित्व र नेतृत्वसीपसँगै सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

    जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२६ को लागि निर्वाचित सृजना ज्ञवालीलाई वर्ष २०२५ को अध्इक्ष तथा निवर्तमान अध्यक्ष प्रतिमा तिमिल्सना भण्डारीले पद हस्तान्तरण गर्नुभएको थियो । वर्ष २०२६ को एस.डी.जी.मा श्रृंगार सिंह कार्की, सदस्य वृद्धि संयोजकमा मुना रावल, प्रकरण निर्देशक रीता शर्मा, शाखा सम्पादकमा उर्मिला टण्डन, तालिम संयोजकमा मीना ज्ञवाली, कोषाध्यक्ष मनिषा पाण्डे, महासचिमा रीता थापा, कानूनी सल्लाहकार भावना कडेरिया रहनुभएको छ ।

    WhatsApp Image 2026-02-17 at 7.54.12 AM.jpeg

    त्यस्तै सल्लाहकारमा रचना क्षेत्री, पल्लवी न्यौपाने, देवी न्योपाने, मञ्जु शर्मा, पार्वती पौडेल, प्रकृति उप्रेती, विष्णु पाण्डेय, संगिता आचार्य, निर्देशमा गंगा घिमिरे, लक्ष्मी गौतम, लता खड्का, रत्तना वि.क., कार्यकारिणी उपाध्यक्षमा बबिता बस्याल र रोशनी गौतम रहनुभएको छ ।