२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

यस्ता छन् कांग्रेस उम्मेदवार आशुतोष मिश्रको शिक्षा सुधारका योजना

मंगलवार , फाल्गुण ५, २०८२

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार आशुतोष मिश्रले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ ।

    उम्मेदवार मिश्रले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै स्तरीय विद्यालय निर्माण गर्ने योजना अघि सार्नु भएको छ । उहाँले विद्यालयमा आवश्यक कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय तथा सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने आफ्नो पहिलो कदम रहने बताउनु भयो ।

    IMG_0509.jpg
    विद्यार्थीस‌ंग उम्मेदवार आशुतोष मिश्र

    त्यस्तै, प्राविधिक शिक्षा र व्यावसायिक तालिमको विस्तार गर्दै सीपयुक्त शिक्षामा विशेष जोड दिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले अध्ययनसँगै रोजगारी र स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

    विद्यालयमा अपुग शिक्षक दरबन्दी पूर्ति गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको बताउदै उहाँले विषयगत दक्ष शिक्षक व्यवस्थापनमार्फत विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्य लिइएको बताउनु भयो ।

    मर्चवारस्थित आर्दश बहुमुखी क्याम्पसमा शिक्षा सकायका साथै व्यवस्थापन सकाय पनि सञ्चालन गर्ने बताउदै उच्च शिक्षामा पहुँच विस्तार गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो छ । उहाँले सीपमा अधारित शिक्षालाइ बिशेष जोड दिनु पर्ने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रका क्रममा उहाँले शिक्षामा सुधार गर्न सके रुपन्देही ४ को मुहार फेर्न सहज हुने बताउननु भयो ।