२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनीका तीनजना प्रदेशसभा सदस्यले दिए राजीनामा 

आइतवार , बैशाख १९, २०७८

बुटवल, १९ वैशाख ।

लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यले आज राजीनामा दिएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित नेकपा एमालेका दृगनारायण पाण्डेले प्रदेश सांसद पदबाट सभामुख पूर्ण घर्ती समक्ष राजीनामा दिएका छन् ।

हालको राजनैतिक परिस्थिति नियाल्दै आजैका मितिदेखि लागु हुनेगरि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन् । 
त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ (२) बाट निर्वाचित धर्म बहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका निर्वाचन क्षेत्र नम्बर १ (२) निर्वाचित अजय शाहीले पनि राजीनामा दिएका छन् ।

नयाँ मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति र वर्तमान राजनैतिक अवस्थाप्रति असहमति जनाउँदै उनीहरुले राजीनामा दिएको बताएका छन् ।
181810098_1134752813694156_7678569883441478482_n.jpg