२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

पुर्वान्हमा राजीनामा, अपरान्हमा पुनः मुख्यमन्त्री नियुक्ति

आइतवार , बैशाख १९, २०७८

बुटवल, १९ वैशाख । 
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा ५ घण्टा नबित्दै पुनः शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १६८ को उपधारा १ बमोजिम नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । 

नेता पोखरेलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गर्नु भएकोले मुख्यमन्त्रीमा नियुक्त गरिएको कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका थिए ।  संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त मुख्यमन्त्रीले १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । CM new.jpg