२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

‘रतन गुप्ताले उद्योगी–व्यवसायीको हकहितका लागि गर्नुभएको योगदान स्मरणीय रहनेछ’

शुक्रवार , माघ २३, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, २३ माघ । लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीले संघका संस्थापक अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख रतन कुमार गुप्ताको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    संघका वरिष्ठ सल्लाहकार, नेपाल ईटा उद्योग महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार, वरिष्ठ समाजसेवी, ए.के. ईटा उद्योग प्रतिष्ठानका प्रोप्राईटर, संघका सदस्य अशोक कुमार गुप्ता एवं निवर्तमान अध्यक्ष अजय कुमार गुप्ताको पिता रतन कुमार गुप्ताको निधनले उद्योगी व्यवसायी स्तब्ध एवं मर्माहत भएको अध्यक्ष सुनिल कुमार सिन्धीले बताउनुभयो ।

    संघले बिहीबार शोक विज्ञप्ति जारी गर्दै गुप्ताले संघको स्थापनादेखि उद्योगी–व्यवसायीहरुको हकहितका लागि गर्दै आउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभयो । अध्यक्ष सिन्धीले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । माघ २२ गते बिहीबार संघको कार्यालयमा शोक विदा गरिएको थियो । 

    गुप्ताको माघ २१ गते बुधबार बेलुकी ८ बजे ७६ वर्षको उमेरमा तिलोत्तमाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा निधन भएको थियो ।