२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

शुक्रवार , माघ २३, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • बुटवल, २३ माघ । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न योजनाहरु पारित गरेको छ । चितवनको सौराहामा सम्पन्न कार्यशालाले आगामी दुई वर्षदेखि १० वर्षसम्म गर्न सकिने योजनाहरु छनोट गरी पारित गरेको हो । जसअनुसार ‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यता विस्तार, २०८३ पुसमा बुटवल मण्डपमा पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना, संस्थागत सुदृढीकरण, उद्योगी–व्यावसायीहरुको क्षमता विकास, अवलोकन भ्रमण, नीति संवाद, १५ वटा वस्तुगत समिति गठन, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता लगायत योजना पारित भएका छन् ।  

    कार्यशालाले आगामी एक वर्षभित्र एक हजार जना नयाँ सदस्यलाई संघमा आवद्ध गराउने, आजीवन सदस्यता विस्तारमा सयजना थप गर्ने, मानार्थ सदस्यमा २० जना थप गर्ने र निष्क्रिय तथा पुराना सदस्यलाई सक्रिय बनाउन विशेष अभियान सञ्चालन गरिने भएको छ । 

    त्यस्तै संघको भवन निर्माण, नयाँ प्रविधि तथा व्यवस्थापन अध्ययन, औद्योगिक÷व्यवसायिक सीप विकास सम्वन्धी तालिम, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रर्दशनी सहभागीता तथा अवलोकन, राजनैतिक दलहरुसँग भेटघाट, सरकारी, गैरसरकारी निकायहरुसँग भेटघाट तथा समन्वय गर्ने योजना पारित भएको छ ।

    त्यसै गरी संस्थागत क्रियाकलापमा सीप विकास तथा उद्यमशील तालिम÷अभिमुखीकरण तालिम, भन्सार एकरुपताका तथा भन्सार नियमावली, आयात निर्यात, खुल्ला सिमाना सम्वन्धी अन्तरक्रिया÷गोष्ठी, लेखा, कर राजस्व र भन्सार सम्वन्धि प्रशिक्षण तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रयोग प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया गर्ने योजना पारित भएका छन् । त्यस्तै दीर्घकालिन योजना अन्तर्गत उद्योग व्यापार संघ बुटवलको राहत कोष स्थापना÷ कल्याणकारी कोष स्थापना, सचिवालय भवन निर्माण, मानार्थ सदस्यता प्रदान, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता र सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्ने योजना पनि पारित भएका छन् । 

    त्यस्तै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग तथा राहत अनुदानको लागि पहल, घर भाडा समस्या समाधानमा पहल, वस्तुगत समितिका समस्या पहिचान गरी समाधानमुलक कार्यक्रम, स्थानीय सरकारसँग समन्वय तथा विभिन्न व्यवसायिक कार्यक्रममा सहभागीता, अनुदानमा आधारित कार्यक्रमहरु, आन्तरिक राजस्व कार्यालयसँग समन्वय तथा कर दिवस कार्यक्रम, व्यवसायमैत्री हेल्थ डेक्सको सुरुवात गर्ने योजना कार्यशालाले पारित गरेको महासचिव विजय आचार्यले जानकारी दिनुभयो ।
     
    सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसँग संस्थाको सहकार्य संस्थाप्रति समाजको सकरात्मक छवि निर्माणलाई प्राथमिकता दिएर धरासायी तथा समस्याग्रस्त व्यवसायीको परिवारलाई सहयोग, वृक्षरोपण तथा संरक्षण, रक्तदान, प्राकृतिक दैवी प्रकोपबाट प्रभावितहरुलाई सहयोग, साँस्कृतिक सम्पदा संरक्षण, बौद्धिक अपांगता भएका बालबालिकालाई सहयोग गर्ने योजना पनि पारित भएका छन् । 

    कार्यशालाले अध्ययन अवलोकन संयोजकमा उद्योग उपााध्यक्ष केशव श्रीस, अनुगमन संयोजकमा निवर्तमान अध्यक्ष बिष्णु प्रसाद पाण्डे, सरकारी तथा गैरसरकारी संघ–संस्था समन्वय संयोजकमा वरिष्ठ उपाध्यक्ष पदम जि.सी, सदस्यता विस्तार तथा नवीकरणमा पदम जि.सी., केशव श्रीस, यमलाल मरासिनी, माया पाण्डे रहेको टीम बनाउने योजना पारित गरेको छ । 
    सचिवालय एवं प्रशासनिक संयोजकमा महासचिव विजय आचार्य, आर्थिक उन्नतिको योजनासहित कोष लेखाको व्यवस्थापन संयोजकमा कोषाध्यक्ष दिलिप शर्मा, अभिलेखीकरण अन्तरक्रिया तथा महासचिव सहयोगी भुमिकामा सौरभ भुसाल, वस्तुगत उपसमिति गठन र परिचालन संयोजकहरुमा  होटल तथा रेष्टुरेण्टमा वाणिज्य उपााध्यक्ष यमलाल मरासिनी, औषधी सर्जीेकलमा नारायण प्रसाद पाण्डे, भविश्वर ढकाल, सुशीला खनाल, कस्मेटिक तथा ब्यूटप्पार्लर र महिला उद्यमीमा माया पाण्डे, अटो इन्जिनियरिङ्गमा पदम जि.सी, खुद्रा किरानामा कृष्ण प्रसाद भुसाल, कपडा, फेन्सी, ब्याग तथा तयारी पोशाकमा बिनोद आचार्य,

    सुनचाँदीमा बिनोद खाती, शैक्षिक परामर्श, स्वदेशी तथा वैदेशिक रोजगार परामर्शमा दिलिप शर्मा र तिलक राम पाण्डे, निर्माण सामाग्री तथा रंगरोगनमा बिशाल पन्थी, प्रशान्त बन्जाडे, नर्सरी तथा पोल्टी फर्ममा प्रकाश भण्डारी, उद्योग तथा गार्मेन्टमा केशव श्रीस, जुत्ता चप्पल तथा व्यागमा न्याजुद्दीन मियाँलाई जिम्मेवारी दिने कार्यशाला वैठकले निर्णय गरेको छ । 

    त्यस्तै वृक्षरोपण तथा संरक्षणमा लक्ष्मण ज्ञवाली, रक्तदानमा केशव पौडेल, भित्तेपात्रो प्रकाशनमा बिनोद आचार्य, वार्षिक बुलेटिन प्रकाशनमा विजय आचार्य, स्थापना दिवसमा दिलिप शर्मा, मुख स्वास्थ्य सम्बन्धी कार्यक्रममा ज्योती सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ ।  

    कार्यशालामा संघका अध्यक्ष लोकनाथ पन्थीले सदस्यता विस्तार र २०८३ को बुटवल मण्डपमा आयोजना हुने पाँचौ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला संघको तत्कालीन पहिलो प्राथमिकता भएकाले त्यसमा केन्द्रीत हुँदै अन्य योजनालाई पनि सफल बनाउने बताउनुभयो । 

    संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले उद्घोषण कला तथा व्यक्तित्व र नेतृत्व क्षमता विस्तारबारे प्रशिक्षणमूलक भनाइ राख्नुभएको थियो । कार्यशालामा नेपाल जेसीजका पूर्व केन्द्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, सल्लाहकार बाबुराम पोख्रेल, सल्लाहकार पुष्पराज ढकाल, कानूनी सल्लाहकार दामोदर घिमिरे, निवर्तमान अध्यक्ष बिष्णु प्रसाद पाण्डेले भनाइ राख्नुभएको थियो ।

    कार्यशालामा कार्यक्रम संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष पदम जि.सी, उद्योग उपाध्यक्ष केशव श्रीस, महासचिव विजय आचार्य, कोषाध्यक्ष दिलिप शर्माले आ–आफ्नो जिम्मेवारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै समूहगत रुपमा ए बाट कृष्ण भुसाल, बीबाट  विशाल पन्थी र सिबाट तिलकराम पाण्डेले प्रस्तुतीकरण दिनुभएको थियो ।