बिहिवार , माघ २२, २०८२
भैरहवा, २२ माघ । कर्णाली प्रदेशको दैलेख जिल्लास्थित नौमुले गाउँपालिकामा बुधबार २७५ वटा नासपातीका विरुवा रोपिएको छ । नौमुले गाउँपालिकाको परिसर, वडा नम्बर ५ (गाछमाली डाँडा र नौलाथर), गेता भैरव अविसाल डाँडा क्षेत्र, लालीगुराँस माध्यमिक विद्यालय, नौमुले–३ (कोप्रे खोला र भडे) तथा नौमुले–२ (बलुवाटार) मा वृक्षरोपण गरिएको हो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी वल्र्ड पिस फोरमको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा नौमुले गाउँपालिकाका अध्यक्ष छबिराम सुवेदी, उपाध्यक्ष गंगा बहादुर शाही लगायतको उपस्थिति थियो । उक्त कार्यक्रमले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
