२०८२, माघ १५ गते

Jan 29 2026 | २०८२, माघ १५ गते

दुई दिनमा ६ लाख बढीको अवैध सामान बरामद

बुधवार , माघ १४, २०८२

  • 328
    Shares
  • 328
    Shares
  • भैरहवा, १४ माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य ६ लाख १४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

    माघ १२ र १३ गते जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरीपैठारी गरिएका सामानहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले बताउनुभयो ।

    डीएसपी सापकोटाका अनुसार प्रहरी टोलीले कस्मेष्टिका विभिन्न सामान, झोला, गिफ्ट, ब्रोइलर कुखुरा, सामान ल्याउन प्रयोग गरिएका सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

    नियन्त्रणमा लिइएको सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।