२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

भैरहवामा तीन प्रदेशका वरिष्ठ कृषि अधिकृतहरुको गोष्ठी

मंगलवार , माघ १३, २०८२

  • 826
    Shares
  • 826
    Shares
  • भैरहवा, १३ माघ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन समन्वय एकाई भैरहवा रुपन्देहीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको प्रदेशस्तरीय संयुक्त दुईदिने समीक्षा गोष्ठी भैरहवामा शुरु भएको छ । 

    कार्यक्रमका व्यवस्थापन इकाइका वरिष्ठ कृषि अधिकृत पुष्पराज पौडेलको अध्यक्षतामा भएको गोष्ठीमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका ७० जना कृषि वरिष्ठ अधिकृत तथा प्रतिनिधिहरुको सहभागीता छ । 

    कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक रोशन बस्नेतले गोष्ठी सफलताको शुभकामना दिनुभयो । उहाँले अर्धवार्षिक प्रगति यस वर्ष कम भएको महसुस गरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश वागवानी विकास निर्देशक सन्देश धिताल लगायतले बोल्नुभएको थियो । 

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन समन्वय एकाइ भैरहवा रुपन्देहीका प्रमुख वरिष्ठ कृषि अधिकृत सालिकराम पौडेलको स्वागत मतव्यमा भएको कार्यक्रमको सञ्चालन कृषि अधिकृत शोभाखर पाण्डेले गर्नुभएको थियो । दुई दिनसम्म हुने कार्यक्रमको व्यवस्थापन रुपन्देहीले लिएको कार्यालयका नायब सुब्बा जीवन पौडेलले बताउनुभयो ।