आइतवार , माघ ११, २०८२
भैरहवा, ११ माघ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत दोस्रो बैठक यही माघ १३ गते मंगलबार बस्ने भएको छ । मंगलबार दिउँसो १ बजे बैठक बस्नेछ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा शनिबार जारी सूचनामा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको उल्लेख छ ।
यो बैठकमा यसअघि सहभागी चारजना प्रदेश सभा सदस्यले राजीनामा दिएकाले सहभागी हुने छैनन् । ८७ सदस्यीय प्रदेश सभा अब ८३ सदस्यीय भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
