२०८२, माघ १७ गते

Jan 31 2026 | २०८२, माघ १७ गते

खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेका छौं : गौरव बोहरा

शनिवार , माघ १०, २०८२

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार क्याप्टेन गौरव बोहराले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रको विकासका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने एजेण्डा लिएर अघि बढेको बताउनुभयो ।

    रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित बनगाईमा आयोजित खुल्ला वार्ड टी–१० क्रिकेट प्रतियोगितामा खेलाडीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘नेपाली क्रिकेट खेलाडीले राम्रो खेल प्रदर्शन गरिरहनुभएको छ । स्थानीयस्तरबाटै खेलाडी उत्पादन गर्न वडा तहमा आयोजना हुने यस्ता प्रतियोगिताले महत्वपूर्ण टेवा पुर्याउँछ, ’उहाँले भन्नुभयो ।

    क्रिकेट खेलको विकासका लागि पालिकास्तरमा खेलकुद मैदान (रंगशाला) आवश्यक रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

    ‘लामो समयसम्म नागरिक उडड्यन क्षेत्रमा काम गरे, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउनु छ, ’बोहराले भन्नुभयो–‘रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएको छु, सबैको साथ र सहयोगको अपेक्षा राख्दछु ।’

    युथ क्लब अफ मायादेवी–७ को आयोजनामा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक रविन्द्र पाण्डे र सह–प्रायोजक प्रताप मौर्य रहनुभएको आयोजकले जनाएका छन् ।