२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

‘रेशम चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउनुपर्छ’

शनिवार , माघ १०, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १० माघ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक, संरक्षक तथा पूर्व सांसद् रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिएको घटनाले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ । पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज मोहम्मद अलीले शुक्रबार विज्ञप्ती जारी गर्दै यो कदमप्रति आफूहरुको विरोध रहेको बताउनुभयो ।

    यो घटनामा पहिचानको लागि लडिरहेका तीनवटा पार्टीहरु जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह जाँतो (चकिया) मा चुनाव लड्ने निर्णयबाट इष्र्यालु बनेको तत्वहरुको षडयन्त्रको दुर्गन्ध पनि आइरहेको अनुभव भएको छ, ’उहाँले भन्नुभयो–‘निष्पक्ष निर्वाचन सम्पन्न गर्न यसप्रकारको गतिविधिलाई निर्वाचन आयोगले सच्याउने छ भन्ने विश्वास लिएका छौं ।’