२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

काँग्रेस युवा नेता कुर्मीद्वारा पार्टी परित्याग, रास्वपा उम्मेदवारलाई समर्थन गर्ने

मंगलवार , माघ ६, २०८२

  • 592
    Shares
  • 592
    Shares
  • भैरहवा, ६ माघ । नेपाली काँग्रेसका युवा नेता अर्जुन कुर्मीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१ निवासी कुर्मीले मंगलबार पार्टीको साधारण सदस्यता समेत नरहने गरी परित्याग गरेको जानकारी दिनुभयो ।

    उहाँले हाल कुनै पार्टीमा प्रवेश नगर्ने बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खानलाई आफूहरुको समर्थन रहेको उहाँले बताउनुभयो ।
    ‘देशले परिवर्तन खोजेको बेला काँग्रेसबाट रुपन्देही–५ बाट पुरानैलाई उम्मेदवार बनाइएकोप्रति असन्तुष्ट छौं, एउटै व्यक्तिलाई बारम्बार उम्मेदवार बनाइएकोले हामीले पार्टी परित्याग गरेको हौंं, ’कुर्मीले बताउनुभयो । सधै एउटै व्यक्ति उम्मेदवार बन्ने हो भने युवाले कहिले अवसर पाउने भन्दै उहाँले प्रश्न गर्नुभयो ।

    २०७९ सालमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख पदमा समेत कुर्मीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ ग्रीन युथ अफ लुम्बिनी लगायत विभिन्न संघ–संस्थामा आबद्ध हुनुहुन्छ ।

    त्यस्तै काँग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यसमिति सदस्य जीवन श्रीवास्तवले पनि पार्टी परित्याग गर्नुभएको छ ।

    asks.jpg

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको पूर्व नगर उप्रमुख जानकी देवी श्रीवास्तवको छोरा श्रीवास्तवले मंगलबार पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।