२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

आइएम ६ ब्राण्डको विद्युतीय गाडी भैरहवामा विक्री सुरु

मंगलवार , माघ ६, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, ६ माघ । नेपालका लागि मोरिस गराजेज (एमजी) को आधिकारिक विक्रेता प्यारामाउण्ट मोटर्स प्रा.लि.ले भित्र्याएको आइएम ६ ब्राण्डको विद्युतीय गाडी रुपन्देहीको भैरहवामा पनि विक्री सुरु भएको छ ।

    मोरिस गराजेज कम्पनीको भैरहवास्थित आधिकारिक विक्रेता थ्री एचएल कम्पनी प्रा.लि.ले उक्त ब्राण्डको गाडी सोमबार सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको हो । साथै उक्त मोडलको गाडी थ्री एचएल कम्पनी प्रा.लि.ले विक्रीका लागि बुकिङ्ग समेत सोमबारदेखि खुल्ला गरेको छ । कम्पनीका अनुसार पहिलो दिन दुईवटा गाडी विक्री भएको छ ।

    आइएम ६ ब्राण्डको उक्त मोडलको विद्युतीय गाडी गत साउन १५ गते प्यारामाउण्ट मोटर्स प्रा.लि.ले नेपालमा पहिलोपटक काठमाडौंमा सार्वजनिक गरेको थियो । यो ब्राण्डको गाडी आरामदायी, नवप्रबद्र्धन र लामो रेञ्जको क्षमताका साथ इन्टलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रुपमा रहेको दावी गरिएको छ । 

    थ्री एचएल कम्पनी प्रा.लि.का अध्यक्ष हरि बहादुर थापाले यात्रुको सुरक्षा र प्रदूषणबाट बच्नका लागि इलेक्ट्रिक गाडीको विकल्प नभएको बताउनुभयो । मोरिस गराजेजको विक्री थालेको विगत १० वर्षको इतिहासमा कुनै पनि गुनासा नआएको उहाँको भनाइ छ । मोरिस गराजेज कम्पनीका गाडीको पार्टपूर्जा पनि अब्बल रहेको थापाले बताउनुभयो । ‘नयाँ ब्राण्डका गाडी भित्र्याउनु र विक्री गर्नु ठूलो कुरो होइन, ग्राहकको सन्तुष्टी ठूलो कुरा हो’, उहाँले भन्नुभयो–‘ढुक्क हुनुस्, मोरिस गराजेज कम्पनीका गाडीको स्पेयर पाट्र्स आवश्यक परेमा अन्य गाडीको झिकेर भए पनि उपलब्ध गराइनेछ ।’

    616516652_1570208404647069_7309248190900816080_n.jpg

    प्यारामाउण्ट मोटर्स प्रा.लि.का विक्री प्रबन्धक विपुल भट्टराईले आईएम ६ ब्राण्डको गाडीको विशेषताहरुका बारेमा जानकारी दिँदै जहाँ जसरी रोक्न खोजे पनि रोक्न सकिने र सानो ठाँउमा पनि सहजै घुमाउन सकिने बताउनुभयो ।  उहाँले आइएम ६ ब्राण्डको गाडीमा आइएम डिजिटल च्यासिस, एडभान्स एलेक्ट्रिफिकेशन, फ्युचरिस्टिक एआइ क्याबिन र अल्टिमेट सेफ्टी रहेको जानकारी दिनुभयो ।

    ७४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यो गाडी एकपटक चार्ज गरेपछि ४ सय ५० किलोमीटर गुड्ने र उच्चतम स्पिड प्रतिघण्टा २ सय १० किलोमीटर रहेको जनाइएको छ ।