२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

सशस्त्र प्रहरीको ‘पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम’ रुपन्देहीमा

सोमवार , माघ ५, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ५ माघ । सशस्त्र प्रहरी बल नेपालको २५ औं सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को अवसरमा आयोजित ‘पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम’ सोमबार रुपन्देही आएको छ ।

    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहस्थित सीमा स्तम्भ नम्बर ५४४ (३६) मा सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हे.क्वा. कपिलवस्तुको झण्डा मार्च टोलीले सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीको झण्डा मार्च टोलीलाई बुझाएको छ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
    झण्डा मार्च टोली रुपन्देहीको सीमा नाकामा पैदल यात्रा गर्दै माघ ७ गते पश्चिम नवलपरासीको झण्डा मार्च टोलीलाई बुझाउने शस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका प्रवक्ता तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाले बताउनुभयो ।

    पुस २० गते पुर्वको काकडभिट्टा र सुदुरपश्चिमको गड्डाचौकीबाट एकसाथ सुरु भएको उक्त कार्यक्रम माघ ११ गते पर्सा जिल्लाको ठोरीमा समापन हुनेछ ।