२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

रुपन्देही–३ मा नेकपाले फैज अहमद खाँलाई बनायो उम्मेदवार

आइतवार , माघ ४, २०८२

  • 406
    Shares
  • 406
    Shares
  • भैरहवा, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता फैज अहमद खाँ रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्नु हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपाले खाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    खाँ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिनुभएको थियो ।

    २०७९ सालको निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बोहराले नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो ।