२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

ग्रिनल्याण्ड प्राप्त गर्ने योजनालाई समर्थन नगर्ने राष्ट्रहरूमाथि भन्सार शुल्क लगाउँछु : ट्रम्प

आइतवार , माघ ४, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, ४  माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्वाकांक्षी योजनामा नयाँ मोड दिनुभएको छ ।

    पत्रकारहरूसँग कुरा गर्दै उहाँले स्पष्ट पार्नुभयो की यदि कुनैपनि राष्ट्रले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा बाधा पु¥याएमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउन सक्छ ।

    ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र त्यहाँ रहेका प्राकृतिक स्रोतहरूको महत्वलाई मध्यनजर गर्दै यसलाई अमेरिकी क्षेत्रमा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन् ।

    यद्यपि डेनमार्क सरकार र ग्रिनल्याण्डका स्थानीय अधिकारीहरूले यो प्रश्तावलाई पूर्ण रूपमा अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पारिसकेका छन् ।

    ट्रम्पको यो पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय कुटनीति र व्यापारिक सम्बन्धहरूमा तनाव थप्ने देखिएको छ । आलोचकहरूले यसलाई व्यापारलाई कुटनीतिक हतियारको रूपमा प्रयोग गर्ने ट्रम्पको पुरानै शैलीको निरन्तरता भनेका छन् ।