२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

नेपाल–भारत जनमैत्री संगठन रुपन्देहीद्वारा निःशुल्क स्वास्थ्य शिविर

शनिवार , माघ ३, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, ३ माघ । नेपाल–भारत जनमैत्री संगठन जिल्ला समिति रुपन्देहीले एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार तिलोत्तमा नगरपालिका–१३  पत्थरडाडास्थित बहुजातिय एकता समाजको भवनमा शिविरको आयोजना गरिएको जिल्ला अध्यक्ष युगराज पाण्डेले बताउनुभयो।

    नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप सिंहको संयोजनमा शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म शिविर सञ्चालन भएको संगठनको जिल्ला सल्लाहकार विश्वराज बरालले जानकारी दिनुभयो । सल्लाहकार बरालका अनुसार शिविरमा ४० जना बढीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    शिविरमा भारतको नयाँ दिल्ली र नेपालका स्वास्थ्यकर्मीहरुद्वारा बिरामीको चेकजाँच गरिएको थियो । ‘स्वास्थ्यकर्मीहरुले खानपान र जीवनशैलीमा सुधार कसरी गर्नेबारे परामर्श समेत दिनुभएको थियो, ’बरालले भन्नुभयो ।

    WhatsApp Image 2026-01-16 at 8.27.22 PM.jpeg