२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

कालिका मानवज्ञान माविको अध्यक्षमा नित्यानन्द ज्ञवाली

शनिवार , माघ ३, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • बुटवल, ३ माघ । रुपन्देहीको बुटवलस्थित विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

    भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनिधिको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुनलाई पदेन सदस्यको रुपमा चयन गरिएको छ ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यमा यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टीका ओली चयन हुनुभएको छ । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहनुभएको छ ।

    नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित ज्ञवाली यो भन्दा पहिला पनि विद्यालयको नेतृत्व गरिसक्नुभएको छ ।