२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

सञ्चालनमा आयो क्यासिनो रोयल कालिंगा

शनिवार , माघ ३, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, ३ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० (भैरहवा) स्थित गौतमबुद्ध इन्टरनेशनल होटल नयाँ व्यवस्थापनसहित होटल सञ्चालनमा आएको छ ।  होटल क्यासिनोसहित चारतारेमा स्तरवृद्धि भएको हो । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय मिटर दुरीमा रहेको यो होटलमा हाल ६० बढी कोठाहरु छन् । होटलको व्यवस्थापन गरिरहेको माउरी सोलुसन हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देव कुमार खड्काले सुरुको लगानीमा थप १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर नयाँ व्यवस्थापनसहित होटल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    केही ढिला भए सबैको साथ र सहयोगले सपना साकार भएको खड्काले बताउनुभयो । होटलमा पाँचसय जना अट्ने बैंक्वेट हल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै होटलको छतमा १ सय ५० जना अट्ने एयरपोर्ट भ्यूसहितको लाउन्ज सञ्चालनको अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । 

    यसका साथै हेल्थ क्लब, व्यवस्थित स्वीमिङ पुल, २४ सै घण्टा स्पा लगायतको सुविधा उपलब्ध रहेको होटलका व्यवस्थापक गुणराज मगरले जानकारी दिनुभयो ।

    होटल र क्यासिनोमा गरेर करिब ४० करोड लगानी थप भएको उहाँले बताउनुभयो । क्यासिनो सञ्चालनमा आएसँगै चहलपहल बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबैले जोड दिनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भए आर्थिक गतिविधि चलायमान हुने उहाँले बताउनुभयो ।

    बिहीबारदेखि होटलमा रोयल कालिंगा क्यासिनो पनि सञ्चालनमा आएको छ । १५ करोड  लगानीमा क्यासिनो सञ्चालनमा ल्याइएको मनलक्ष्मी इन्टरप्राइजेजले जनाएको छ । 

    क्यासिनोका महाप्रबन्धक लक्ष्मण बोहराले क्यासिनोमा १५० जना बढीले रोजगारी पाएको बताउनुभयो । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र नै भएको र यसले मुलुकमा रोजगारी बढाउने भएकाले पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको उहाँको भनाइ छ । ‘हाम्रो मुख्य उद्देश्य विदेशी पाहुनाहरूलाई आकर्षित गर्ने र भैरहवालाई एउटा प्रमुख पर्यटकीय हबको रूपमा स्थापित गर्नु हो, ’बोहराले भन्नुभयो–‘होटलको गुणस्तर र क्षमता अभिवृद्धिमा समेत ठुलो लगानी थपिएको छ ।’

    Gautambuddha hotel.jpg