२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिइयोस् : नेता मीनबहादुर विश्वकर्मा

शुक्रवार , माघ २, २०८२

  • 40
    Shares
  • 40
    Shares
  • काठमाडौं, २ माघ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । 
    शुक्रवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफलका बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    उहाँले निर्वाचन शब्दको उपहास हुने गरी सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको दुरुपयोग बढेकाले निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने बताउनु भयो । नेता विश्वकर्माले सूचना प्रविधिको दुरुपयोग हुन नदिनका लागि निर्वाचन आयोगले अन्तराष्ट्रिय पर्यवेक्षकहरुको व्यवस्था गर्न उपयुक्त हुने धारणा समेत राख्नुभयो । 

    उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको दूरुपयोगलाई नियन्त्रण, नियमन र व्यवस्थापन गर्ने क्षमता निर्वाचन आयोगले राख्नुपर्छ भन्छु म । छ कि छैन ? भनेर प्रश्न गर्दिन । विगतको निर्वाचन हेर्दा अहिले कस्तो भएको छ भने सामाजिक सञ्जालमा कृतिम फेसबुकमा सर्भेक्षण फलानो प्रधानमन्त्री । मानिसलाई अनुहार आउँछ मैले त फलानोलाई भोट हाल्ने भए भएर भनेर ।

    यो निर्वाचन शब्दको को नै उपहास भयो । निर्वाचन शब्दको शब्दकोषमा गएर हेर्ने हो भने नबोली गएर चयन गर्ने कुरालाई निर्वाचन भनिन्छ । तर हामीले सामाजिक सञ्जाल यति दुरुपयोग गरिरहेका छौ । त्यसकारण मेरो अनुरोध छ निर्वाचन आयोगलाई–यसलाई व्यवस्थापन गर्ने क्षमता बढाऔं ।

    साईवर ब्युरो, बाह्य परिवेक्षकहरुलाई बोलाएर भएपनि यो कामलाई गरौ । अर्को यो मुलुकमा सबैभन्दा बढि दुरुपयोग भएको छ भने राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ । सिंहदरबार जलाउँदा पनि राष्ट्रिय झण्डा, सर्वोच्च अदालत जलाउँदा पनि राष्ट्रिय झण्डा, राष्ट्रपतिलाई आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झण्डा । त्यसकारण यो राष्ट्रको झण्डालाई प्रतिस्पर्धामा उतार्न दिनु भएन ।’ 

    नेता विश्वकर्माले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगलाई सचेत गराउनु भयो ।