बिहिवार , माघ १, २०८२
काठमाडौं, १ माघ । उत्तरपूर्वी थाइल्याण्डमा क्रेन खसेर यात्रुवाहक रेल पटरीबाट उछिट्टिँदा मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीहरूले बुधवार पुष्टि गरेका छन् ।
अधिकारीहरूकाअनुसार यस दुर्घटनामा घाइते हुनेहरूको संख्या ६७ पुगेको छ।थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा भएको यो दुर्घटनालाई हालैका वर्षहरूको सबैभन्दा गम्भीर रेल दुर्घटना मध्ये एक मानिएको छ ।
क्रेन खसेर रेल ट्र्याकबाट बाहिर जाँदा ठूलो क्षति भएको हो । उद्धार टोलीहरू अझै पनि घटनास्थलमा खटिएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij