२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

नेपाल ट्रक यातायात व्यवसायी महासंघको कोषाध्यक्षमा गौतम

बिहिवार , माघ १, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, १ माघ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका कोषाध्यक्ष रुमाखर गौतमले व्यवसायीहरूको साझा संस्था महासंघमार्फत ट्रक यातायात क्षेत्रका समस्या समाधान र हकहित संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको शुुभकामना तथा स्वागत कार्यक्रममा बोल्दै गौतमले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    उहाँले नीतिगत जटिलता, कर प्रणाली, ढुवानी खर्च, सुरक्षा तथा श्रमिकका विषयमा व्यवसायीहरूले भोग्दै आएका समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने बताउनुभयो ।

    गौतम महासंघको हालै सम्पन्न १७ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। उहाँ लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुनुहुन्छ ।

    कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष विष्णु प्रसाद खरेलले नवनिर्वाचित केन्द्रिय कोषाध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गर्दै ट्रक यातायात व्यवसायीहरूको हकहित र अधिकार संरक्षणका लागि जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशको आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको ढुवानी तथा यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन महासंघको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष माधव नेपाल, महासंघका पदाधिकारी, सदस्य, सल्लाहकार तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिएका थिए । देशभरका ट्रक तथा ढुवानी व्यवसायीहरूको सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै महासंघलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।