२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

यात्रुले जहाजको आपतकालिन ढोका खोलेपछि उडान प्रभावित

बुधवार , पौष ३०, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा , ३० पुस ।भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको आपतकालिन ढोका खोलेपछि उडान प्रभावित भएको छ ।

    बुद्ध एयरको उडान नं ८५२ जहाजमा रहेका यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो ।जहाजको आपतकालिन ढोका खोलेपछि उडान प्रभावितटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

    जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ।

    नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ । यस घटनाले यात्रुवर्गमा पारेको असुविधाप्रति बुद्ध एयरले क्षमा याचना गरेको जनाएको छ ।