२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

आफू कुनैपनि कुरामा वाधक नबन्ने सभापति देउवाको भनाई

बुधवार , पौष ३०, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • काठमाडौं, ३० पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि आफू कुनैपनि कुरामा वाधक नबन्ने स्पष्ट पार्नुभएको छ । 

    बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले महामन्त्रीसँग लामो कुराकानी गर्नुभएको र अहिले सबैभन्दा ठूलो कुरा नै पार्टी एकता रहेको बताउनुभएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो ।

    पार्टी टिकटमा हस्ताक्षर गर्नेमा समस्या भए अरु कुनै नेतालाई हस्ताक्षरका लागि दिन पनि आफू तयार रहेको बताउनुभएको सभापति देउवाको भनाइ उद्धृत गर्दै प्रवक्ता महतले बताउनु भयो । महामन्त्री द्वयलाई देउवाले काँग्रेसमा दुवै जना महामन्त्रीको ठूलो भविष्य रहेकाले सबैलाई मिलाएर अघि बढ्न सुझाव दिनुभयो ।

    संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न पनि देउवाले महामन्त्रीहरुसँग आग्रह गर्नुभएको जानकारी दिनुभयो । महामन्त्रीहरुले पार्टीको संरक्षक बनेर बस्न देउवालाई सुझाव दिएपनि आगामी निर्वाचनमा प्रतिष्पर्धा नगर्नका लागि भने कुनै कर नगरेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘दुई महामन्त्रीसँग लामै कुराकानी भयो, त्यस सन्दर्भमा सभापतिले अहिले सबैभन्दा ठूलो कुरा भनेको पार्टी एकता हो । पार्टी फुट्नु हुन्न । तपाईंहरुको पनि धेरै ठूलो भविष्य छ । मैले पार्टी एकता अक्षुण्ड राख्न के गर्नुपर्छ ? हिजो पनि उदारताका साथ सबैको कुरा सुनेर आएको हो । हस्ताक्षरको कुरा उठेको रहेछ, हस्ताक्षर अरु कसैलाई दिएर एकता हुन्छ भने म तयार छु ।

    केन्द्रिय समितिले नै पास गरेर तपाईंहरुकै सहमतिमा निर्वाचन आयोगमा हस्ताक्षर टिकटका लागि गएको हो । त्यही हस्ताक्षरबाट समानुपातिक सूचि पनि गयो । सभापतिको हस्ताक्षर हुँदैन र निर्वाचन आयोगमा समस्या हुँदैन भने पार्टीको जुनसुकै नेतालाई पनि म हस्ताक्षर गर्न दिन तयार छु ।

    संसदीय बोर्ड नै सल्लाह गरेर गठन गरौँ त्यसले नै सबै कुरा टुंग्याउँछ समेत भन्नुभयो । पार्टी एक गर्ने कुरामा लाग्नुस् भन्नुभयो । संरक्षक हुनुप¥यो भन्नुभयो । चुनाव नलड् भनेको हो भन्दा त्यो त भनेको होइन भन्नुभयो ।’

    सभापति देउवाले पार्टी एकता आफ्नो लागि महत्वपूर्ण भएको कुरा महामन्त्रीहरुसँग बताउनुभएको पनि प्रवक्ता महतले बताउनु भयो ।