२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

रण अम्बिका शाह आँखा अस्पतालमा सञ्चालनमा आयो ‘नयाँ चश्मा पसल’

मंगलवार , पौष २९, २०८२

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २९ पुस । रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालमा ‘नयाँ चश्मा पसल’ (ब्राण्डेड सेक्सन) सञ्चालनमा आएको छ । मंगलबार उक्त पसलको अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाले उद््घाटन गर्नुभयो ।

    अस्पतालको हेड अफ डिपार्टमेन्ट अन्तर्गतका अप्टिकल इञ्चार्ज अरुण अधिकारीले ४ लाख ५० हजारको लगानीमा ब्राण्डेड सेक्सन सञ्चालनमा आएको जानकारी दिनुभयो । ‘दृष्टिदोष भएका बिरामीलाई दृष्टिका लागि चश्मा अनिवार्य हुन्छ, ’उहाँले भन्नुभयो–‘राम्रो दृष्टि खोज्ने बिरामीका लागि ब्राण्डेड चश्मा, ग्लास र सनग्लासका लागि गुणस्तरीय सामान यहाँ उपलब्ध हुनेछ ।’

    विभिन्न किसिमका गुणस्तरीय चश्मा लगाउन खोज्ने बिरामीलाई लक्षित गर्दै यहाँबाट विक्रीवितरण गरिने अधिकारीले बताउनुभयो । एसिलर र लग्जोटिका कम्पनी अन्तर्गत सान्तोजना डिलरसीप काठमाडौंका उत्पादनहरु यहाँ उपलब्ध रहेको उहाँले बताउनुभयो ।

    आफू विगत ६ वर्षदेखि हेड अफ डिपार्टमेन्ट (विभाग) मा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । ‘मेरो २९ वर्षको यो क्षेत्र अन्तर्गत १२ वर्ष विभिन्न प्राथमिक उपचार सेवा केन्द्र र बहिरंग सेवा (ओपिडी) मा १० वर्ष काम सेवा प्रदान गरिरहेको छु, ’उहाँले भन्नुभयो ।

    nnddd.jpg

    पसल शुभारम्भ कार्यक्रममा श्री रण अम्बिका आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा.डा.सुशिला पटेल, वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ डा. कबिन्द्र बज्राचार्य, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी, सूचना अधिकारी प्रतीक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।