२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

सोमवार , पौष २८, २०८२

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौं, २८ पुस । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ । 

    सोमवार बसको मन्त्रीपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आईतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

    बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन पनि स्वीकृत दिएको छ । सन् २०२४ को वार्षिक योगदान दुई लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरिएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

    नेपालले भूकम्पबाट पीडित म्यानमारको पुनर्निर्माणको लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले वित्तीय क्षेत्रविकास रणनिति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ । 

    उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ ।

    वित्तीय क्षेत्रविकास रणनिति २०८२÷८३ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय भएको छ । २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निमान र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

    मानव वेचविखन विरुद्धको राष्ट्रिय निति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी भक्तपुरलाई तोक्ने निर्णय भएको छ । २०८२ साल माघ ४ गते आईतवारको दिन बिहान ११ बजे संघिय संसद सचिवालय सिंहदरबारमा संघीय संसद राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’ 

    बैठकले  मानव वेचविखन विरुद्धको राष्ट्रिय निति २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।