सोमवार , पौष २८, २०८२
काठमाडौं, २८ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी विभाजन हुन नदिने बताउनुभएको छ ।
सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताउनु भयो ।
उहाँले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नुभयो । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उहाँको प्रतिवद्धता छ ।
उहाँले भन्नुभयो, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्न । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’
यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन शुरु गरिसक्नुभएको छ । सोमवारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij