२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

इरानविरुद्ध कडा कदम चाल्न विचार गर्दैछु : राष्ट्रपति ट्रम्प

सोमवार , पौष २८, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • काठमाडौं, २८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ । 

    इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताउनु भयो ।

    सेनाले यसको अध्ययन गरिरहेको र हामी केही धेरै कडा विकल्पहरूको बारेमा सोचिरहेको उहाँको भनाइ छ । इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरिएका छन् ।

    जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ ।