२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

भारतको हिमाचलमा बस दुर्घटना : ९ जनाको मृत्यु, ४० घाइते

आइतवार , पौष २७, २०८२

  • 421
    Shares
  • 421
    Shares
  • काठमाडौं,२७ पुस ।  उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

    अन्य ४० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार यो दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव १४२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको हो ।

    घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।