२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

आइतवार , पौष २७, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • काठमाडौं,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । 

    राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुभएको बेला नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यस वर्ष पनि देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।