शनिवार , पौष २६, २०८२
बुटवल, २६ पुस । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना सदस्यहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीनदिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदीपकुमार श्रेष्ठले फोटोग्राफरहरुको क्षमता अभिवृद्धि गर्न दिन सुरु गरिएको यो तालिमले फोटोग्राफरहरुको आयआर्जनमा वृद्धि हुनेछ विश्वास व्यक्त गर्नुभयो ।
तालिममा स्टोरी टेलिङ, क्यामेरा अपरेटिङ, कलर ग्रेडिङ्ग र फोटोग्राफीमा सिर्जनशीलताजस्ता विषयवस्तुमा भारतका सिनेमाटोग्राफर एवं ग्रे इण्डियाका प्रमुख कार्यकारी अधिकृत साजन मदानले सहजीकरण गर्ने तालिम संयोजक दीपक भट्टराईले बताउनुभयो । यस्तो खालको तालिम नेपालमै पहिलोपटक बुटवलमा सञ्चालन गर्न थालिएको लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीका महासचिव त्रिभुवन पाण्डेयले बताउनुभयो ।
महासचिव पाण्डेयका अनुसार तालिम पूर्ण प्रयोगात्मक रहनेछ । उद्घाटन कार्यक्रममा दिनेश अर्याल, रामप्रसाद भण्डारी र माधव पन्थले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तालिममा रुपन्देही जिल्लाभरीका ३० जनाको सहभागीता छ । तालिम पुस २७ गतेसम्म सञ्चालन हुने संघका केन्द्रीय सदस्य मनीष पन्थले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij