२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा अनुगमन समिति गठन

शनिवार , पौष २६, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, २६ पुस । फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार संघको कार्यालय बुटवलस्थित माझगाउँमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो । अशोक कुवरको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । 

    समितिको सह–संयोजकमा सोनु गुप्ता, सदस्यहरूमा रुद्र विक, आशिष गुरुङ, यज्ञ शर्मा, बज्रमोहन चौधरी, रामप्रसाद भट्टराई, बिनोद विक, मनोज थापा, पिताम्बर राना, भोजराज पाण्डे, टकबहादुर राफिल, गणेश राम, खगेन्द्र बुढामगर, चित्रबहादुर रानी, चन्द्रप्रसाद भण्डारी, गोविन्द सोमै, सोवित विक, अग्नि अग्रहरी र रोहित कुमार उमर रहुनभएको छ ।

    बैठकमा पूर्वअध्यक्ष एवं सल्लाहकार समितिका संयोजक नरेश कुमार श्रेष्ठले अनुगमन कडाइले व्यवसायिक अनुशासन कायम हुनुका साथै व्यवसायिक सफलतालाई थप उकास्ने बताउनुभयो । उहाँले दर्ता प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण कागजात तयार राखेमा संघका सदस्य तथा दर्तावाला व्यवसायीलाई कुनै घाटा नहुने बताउनुभयो ।

    संघका अध्यक्ष जिवकान्त काफ्लेले घुमन्ते टोलीले काम लिँदा व्यवसायीहरू समस्यामा पर्ने गरेको गुनासो आइरहने बताउनुभयो । फर्निचर नै उद्देश्य नभएका प्रतिष्ठानले फर्निचरसम्बन्धी काम गर्नु गलत भएको उल्लेख गर्दै निरन्तर अनुगमन भए मात्र फर्निचर व्यवसाय सुरक्षित हुने उहाँको धारणा छ । उहाँले बुटवलका १ देखि १९ वडासम्म संघकै नेतृत्वमा अनुगमन गर्ने अनुमति नगरपालिकाबाट प्राप्त भएकोमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुखप्रति धन्यवाद व्यक्त गर्नुभयो । सीमापारीबाट आउने केही व्यापारीका कारण स्वदेशी व्यवसायीलाई समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    अनुगमन समितिका संयोजक अशोक कुवरले अवैध रूपमा सञ्चालन भइरहेका व्यवसायलाई कानूनी दायरामा ल्याउने उद्देश्यले आफ्नो नेतृत्वमा टिम गठन गरिएको बताउनुभयो । नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा स्वतन्त्र रूपमा काम भइरहेका स्थानमा पुगेर वैध वा अवैध पहिचान गर्दै कानूनअनूसार कारवाही गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    सो अवसरमा सल्लाहकार बुद्धबहादुर सारु, निवर्तमान अध्यक्ष तेजप्रसाद पराजुलीलगायतले धारणा राख्नुभएको थियो ।
    महासचिव खिमबहादुर खड्काका अनुसार २०५६ सालमा स्थापना भएको संघमा हाल १८३ जना व्यवसायी आबद्ध छन् ।