शुक्रवार , पौष २५, २०८२
काठमाडौं, २५ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिनुभएको छ ।
विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरुले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उहाँको तर्क थियो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताउनु भयो ।
त्यस अवसरमा उहाँले बजेटको माग गर्दा जिम्मेवार भएर प्रश्तुत हुन पनि मातहतका निकायलाई सचेत गराउनु भयो । मन्त्री गौतमले प्रमाणको आधारमा मात्रै कर्मचारीहरुले बजेटको माग गर्नुपर्नेतर्फ पनि सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘विभिन्न सुझावहरु पनि आएका छन । अन्य देशका अनुभवहरु पनि छन । ती पनि सही छन । कतिपय अवस्थामा विभिन्न टयाक्सहरु लगाउ र यता देउ भनेर हेल्थ फाईनान्सका समग्र कुराहरु आएका छन् । जुन हामीले पनि भनिराखेको हो । हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानको त उठेकै छ । त्यो पनि हामीले सबै पाउँदैनौ ।
अव सरकारलाई, अर्थ मन्त्रालयलाई घचघच्याउनुछ । तर मैले के इभिडेन्सको आधारमा म माग्न जाउ ? इभिडेन्स चाहियो नि मलाई त । आजको यो कार्यक्रमको पर्पोज के थियो भने यो सबै एनलाईसिस गर्नुहोस् । इभिडेन्स ल्याउनुहोस् ।
त्यो इभिडेन्सलाई लिएर गएर पैसा माग्नु प¥यो नि । नत्र पैसा मात्रै दिनुस् भनेर अर्थ मन्त्रालयमा भनेर मात्रै हँुँदैन । त्यहाँ त मलाई मलको पैसा दिनुस् भन्दा चुनाव गराउनु छ भन्ने हुन्छ । राज्यको स्वास्थ्य विमा मात्रै एउटा कार्यक्रम त होइन । यावत कुराहरु छन् ।
विभिन्न मन्त्रालयका कुराहरु छन् । चाप छ ठूलो अर्थतन्त्रमा । त्यसकारण इभिडेन्समा आधारित हुनुप¥यो । हामी त चिकित्सकहरु, जहिले पनि इभिडेन्स नभई स्वास्थ्यकर्मीहरुले बोल्दैनन् । इभिडेन्स नभई ट्रिटमेन्ट गर्दैनन् । त्यसकारण हाम्रो कहाँ कहाँ समस्या देखियो ? ती समस्याको समाधान कहाँ कहाँ छन् ? ती सबै गरेर अनि मलाई यति पैसा नभई भएन भन्यो भने अनि बल्ल खोज्नु प¥यो ।
त्यो सरकारले खोज्छ । हामीले देशको इकोनोमिक अवस्था पनि रियलाईज गरौ । हामी सबै जिम्मेवार नागरिक हौँ । हामी त अझ विद्वान पढेलेखेका मान्छे हौँ । जसले गाईंड गर्नुपर्छ सरकारलाई । गलत भयो भने पनि भएन भन्नुपर्छ सरकारलाई । हामीले माग्ने मात्रै होइन । त्यो हामीले गर्नुपर्छ ।’
मन्त्री गौतमले मुलुकलाई आर्थिक चापमा रहेकाले त्यसको आधारमा अघि बढ्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij