२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

पौष २७ र २८ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना

बुधवार , पौष २३, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २३ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरेको छ । 

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्था अनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्न लागिएको जनाएका हुन् ।

    पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विषेश महाधिवेशन नहुने परिकल्पना नगरेको र विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवशेनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार कसैलाई नरहेको उनीहरुले जनाएका छन् ।

    पत्रकार सम्मेलनमा महाधिवेशन पक्षधरहरुको तर्फबाट कांग्रेस नेता सुवास पोखरेलले विशेष महाधिवेशन सम्पन्न गर्न बिभिन्न तयारी व्यवस्थापनसम्बन्धी १८ वटा उपसमिति गठन गरिएको जानकारी दिनुभयो । उहाले विशेष महाधिवेशनको अघि केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास व्यक्त गर्नुभयो ।

    उनीहरुले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुको सक्रिय उपस्थीति र सहभागीताका लागि आग्रह समेत गरेका छन् । पार्टीको एकतालाई थप सुदृढ पार्न विशेष महाधिवेशन कोसेढंगा सावित हुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन् ।