आइतवार , पौष २०, २०८२
काठमाडौं, २० पुस । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरु आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकपालमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताउनुभएको हो ।
पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरुले राजीनामा दिएर चूनावी मैदानमा आउनुपर्ने उहाले बताउनुभयो ।
महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाउनुभयो । सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पार्नुभयो ।
उहाले जेनजी आन्दोलनका क्रममा लुटिएका हजारौ हतियार र भागेका कैदिहरु फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चूनाव हुनेमा आशंका रहेको धारणा राख्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij