बुधवार , पौष ९, २०८२
काठमाडौं, ९ पुस । पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलवार अज्ञात विद्रोहीहरूले प्रहरीको गाडीमा गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
नाम नखुलाउने शर्तमा स्रोतले बताएअनुसार यो घटना स्थानीय समयअनुसार बिहान करिव ८ः४५ बजे (०३४५ जीएमटी) करक जिल्लामा आक्रमणकारीहरूले गाडीमा गोलीबारी सुरु गरेपछि भएको हो ।
प्रहरीले तत्काल जवाफी कारबाही गर्दा करिब एक घण्टासम्म दोहोरो गोली हानाहान भएको थियो । गोली हानाहानको क्रममा गाडीमा सवार पाँचै जना प्रहरीको मृत्यु भएको स्रोतले जनाएको छ ।
आक्रमणपछि विद्रोहीहरूले घटनास्थलबाट भाग्नुअघि प्रहरीको गाडीमा आगजनी समेत गरेको स्रोतले थप जानकारी दिएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij