मंगलवार , पौष ८, २०८२
काठमाडौं, ८ पुस । मङ्गोलियाको करिव ८० प्रतिशत भूभाग हिउँले ढाकिएको राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले जनाएको छ ।
डिसेम्बर २० सम्ममा देशको कुल भूभागको कम्तीमा ७९ प्रतिशत भागमा २० सेन्टिमिटरसम्म बाक्लो हिउँ परेको छ । जसले यस हिउँदमा चरम जाडो मौसमको जोखिम बढाएको छ ।
जुड मङ्गोलियाली शब्द हो जसले अत्यधिक चिसो हिउँदलाई जनाउँछ । जहाँ जमिन जम्ने वा हिउँले ढाकिने भएकाले ठूलो संख्यामा पशुधन मर्छन् । मङ्गोलिया लामो, अत्यधिक चिसो हिउँद र छोटो गर्मी याम भएको कठोर महाद्वीपीय जलवायुका लागि प्रसिद्ध छ ।
यो अवस्थाले मङ्गोलियाका गोठाला समुदायहरूलाई ठूलो चुनौती थपेको छ । पशुधन नै उनीहरूको मुख्य जीविकाको स्रोत हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij