२०८२, पौष ७ गते

Dec 22 2025 | २०८२, पौष ७ गते

काशीमा विद्यार्थीहरुलाई पुरस्कार वितरण

सोमवार , पौष ७, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, ७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित काशी नोबल एकेडेमीले कक्षा ७ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले सञ्चालन गरेको वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न खेलमा सहभागी भइ विजयी हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो ।

    प्राचार्य घिमिरेका अनुसार कक्षा ७ मा अध्ययनरत ७५ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । कक्षा ७ मा १५७ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो ।

    सोमबार विद्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले विद्यालयले प्रदान गरेको सुविधाको उपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुमा गतिशिलता र अनुशासन अपरिहार्य रहेको बताउनुभयो । ‘तपाईहरु धेरै भाग्यमानी हुनुहुन्छ उहाँले भन्नुभयो–‘मैले थाहा पाए अनुसार विद्यालयले शैक्षिकसँगै विभिन्न अत्तिरिक्त क्रियाकलाप सञ्चालनका लागि प्रशिक्षक राखेको छ । यो अवसरलाई सदुपयोग गर्न म सम्पूर्णमा आग्रह गर्दछु ।’

    पछिल्लो समय केही विद्यार्थीहरु लागूऔषध दुव्यर्सनी तथा मोबाइलको बढी प्रयोगबाट डिप्रेशनको सिकार भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाको प्रमुख आतिथ्यता तथा विद्यालयका कोर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजीकरण मीरा सारु र सरस्वती बस्नेतले गर्नुभएको थियो ।