२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

एमाले सांसदद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध

मंगलवार , बैशाख १४, २०७८

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • सत्तारुढ नेकपा एमालेका सांसदहरुले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अवरोध गरेका छन्। मंगलबार बसेको बैठकमा पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरोध गरेका हुन्।

    संसदमा सोमबारदेखि सरकारविरूद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ। प्रदेशसभा बैठकको सुरुआतमै एमालेका सांसदहरु उठेर बैठक अवरोध गरेका हुन्।

    बैठक अवरोध किन गरेको भन्ने सभामुख नेत्रनाथ अधिकारीको प्रशनको जवाफ दिँदै एमाले सांसद राजीव पहारीले सबै सांसदको पिसिआर परीक्षण नगरी सांसद चल्न नसक्ने बताएका थिए।

    सभामुख अधिकारीले सांसदलाई पटक/पटक बस्न आग्रह गरे पनी एमाले सांसदहरू बस्न नमानेपछि सभामुखले सत्ता पक्षकै सांसदले सदन अवरोध गरेको भन्दै बैठक २० मिनेटका लागि स्थगित गराए।