२०८२, पौष ४ गते

Dec 19 2025 | २०८२, पौष ४ गते

संयुक्त राष्ट्र महासचिवद्वारा यमनमा तनाव न्युनिकरणको आह्वान

शुक्रवार , पौष ४, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • काठमाडौं, ४ पुस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यमनमा बढ्दो तनावलाई न्युनिकरण गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

    सुरक्षा परिषद्लाई गोप्य ब्रिफिङ दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले यमनमा तनाव बढिरहेको र पूर्वी प्रान्तहरूमा नाटकीय नयाँ विकासहरूले स्थिति थप जटिल बनाएको बताउनु भयो ।

    लगभग ४८ लाख मानिसहरू घरबाट विस्थापित भएका छन् र १९.५ मिलियनलाई मानवीय सहायता आवश्यक छ । तर आफूहरुका प्रयासहरूले ठूलो चुनौतीहरूको सामना गरिरहेको उहाँको भनाइ छ ।

    हुथी नियन्त्रित क्षेत्रहरूमा सञ्चालन वातावरण असह्य बन्दै गएको बताउनु भयो । यमनी पक्षहरू यसअघि शान्तिनजिक पुगेका थिए ।