२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

पार्टी खोलुँ खोलुँ लागेको छ

आइतवार , मंसिर २८, २०८२

  • 88
    Shares
  • 88
    Shares
  • कुन पार्टी खोलुँ ?
    के नामको खोलुँ ?
    अरू भन्दा फरक 
    यस पार्टीमा लाग्नेबित्तिकै
    सबै विपक्षी पुगुन् नरक ....

    यो पनि अलि जचेन 
    मलाई यो पचेन 
    नरक पुर्याउने त 
    सबै अस्तित्वमा छन्
    सबै यसैमा अभ्यस्त छन् ..

    नरकमा अभ्यस्तलाई 
    कसरी मुक्ति दिनु 
    बरू 
    अझै घोर नरकमा 
    लान पर्ला 
    हेरौं जे पर्ला पर्ला ..

    समाजवादको कराईमा
    पोलेकै हुन्
    देशलाई सिंगापुरको तावामा 
    पोली पोली जिन्दगीको 
    दोसाँधमा छोडेकै हुन् ..
    नयाँ नयाँ नाटक मन्चन 
    गरी गरी सबैलाई 
    भेडा बनाएकै हुन् ....

    भन्न सबै डराएका छन्
    आफ्नु स्व बिर्सेर 
    टांगमुनी छिरेकै छन्
    कहिले यसको र कहिले उसको 
    कति नगनाएको ? 

    एउटैको टांगमा छिर्नु नि !
    छिर्नै परेपछि 
    किन लुकीलुकी छिर्नु ? 

    दलाली सबैले गरेका छन्
    यसको होस् या उसको 
    तर, 
    भन्न सबै डराएका छन्
    होस र चेत गुमाएका छन्
    नाम फेरीफेरी 
    दलाली गरेका छन् ....

    अब मैले निर्णय गरें 
    आज पार्टीको नामाकरण गर्छु
    र निर्धक्क साथ खुल्लमखुल्ला
    लुकीलुकी हैन
    सबैले बुझ्ने र 
    देख्ने गरी 
    घोषणा गर्छु ‘नेपाल दलाल पार्टी’.....