२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

कम्बोडियाद्वारा थाइल्याण्डसँगको सबै सीमा नाकाहरू बन्द

आइतवार , मंसिर २८, २०८२

  • 370
    Shares
  • 370
    Shares
  • काठमाडौं, २८ मंसिर । कम्बोडियाको गृह मन्त्रालयले शनिवार एक प्रेस विज्ञप्तिमा अर्को सूचना नभएसम्म थाइल्याण्डसँगको सबै सीमा नाकाहरू बन्द गर्ने घोषणा गरेको छ ।

    थाई पक्षले अन्धाधुन्ध आक्रमणहरूमार्फत कम्बोडियाको सार्वभौमसत्ता विरुद्ध आक्रामक कार्यहरू गरेको, नागरिक हताहत भएको र आवासीय क्षेत्र र पूर्वाधारमा क्षति पु¥याएको र क्षति पुगेको बताएपछि यो कदम चालिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

    यस सन्दर्भमा हाल थाइल्याण्डमा बसोवास गर्ने र काम गर्ने कम्बोडियाली नागरिकहरूलाई त्यहाँ सामान्य रूपमा बस्न र काम गर्न सल्लाह दिइएको छ ।

    हाल कम्बोडियामा बसोवास गर्ने र काम गर्ने थाई नागरिकहरूलाई युद्धविराम नभएसम्म सामान्य रूपमा कम्बोडियामै रहन सल्लाह दिइएको छ ।