२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

एमालेको केन्द्रीय सदस्यमा गोपाल रानाको उम्मेदवारी घोषणा

बिहिवार , मंसिर २५, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • बुटवल, २५ मंसिर । नेकपा (एमाले) को ११ औं महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । विगत ३ दशकदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गरेको रानासँग अनुभव छ । 

    महाधिवेशन प्रतिनिधि छनोटका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित निर्वाचि रानाले युवा नतृत्वलाई जोड दिदै आउनुभएको छ । विभिन्न समयमा रुपन्देहीमा हुने युवा आन्दोलनलाई नेतृत्व तथा सहयोग गर्दै आउनुभएका राना यहाँका सफल पर्यटन व्यवसायीका रुपमा समेत परिचित हुनुहुन्छ ।

    युवाहरुलाई उत्पादनसँग जोड्दै आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले युवामाझ आदर्श र लोकप्रिय व्यक्तित्वका रुपमा परिचय बनाउनुभएको छ ।

    हाल एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य रहनुभएका राना युवा र पार्टी नेतृत्व बीच समन्वयकारी भूमिकामा सफल रहँदै आउनुभएको पार्टीका नेता कार्यकर्ता बताउँछन् । उहाँसँगै राजनीतिक यात्रा सुरु गरेका विभिन्न व्यक्तिहरु पटकपटक लाभको पदमा पुगेर जिम्मेवारी सम्हाले पनि उहाँ भने हालसम्म कुनै लाभको पदमा नरही काम गरेका कारण रुपन्देहीको निश्कलंक व्यक्तिको रुपमा परिचय स्थापित गर्न सफल हुनुभएको छ ।