२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु

अविश्वासको प्रस्ताव टेबुल गरिने 

सोमवार , बैशाख १३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • कास्की, १३ वैशाख ।

    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आव्हान गरिएको प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १ बजे बस्न लागेको सो बिशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गरिने कार्यसूची रहेको जनाइएको छ। 

    हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूची अनुसार अविश्वासको प्रस्ताव टेबुल गरिएपछि प्रतिपक्षी संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्नेछन् । त्यसपछि दलगत रुपमा प्रदेशसभा सदस्यहरुले बोल्ने र छलफल सकिएपछि प्रस्ताव माथि मतदानद्वारा निर्णय गरिने कार्यतालिका रहेको प्रदेशसभाका सचिव हरिराम पोखरेलले बताए ।