२०८३, जेठ २० गते

Jun 03 2026 | २०८३, जेठ २० गते

हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान

शुक्रवार , मंसिर १९, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • सर्लाही, १९ मंसिर । विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वल्र्ड पीस फोरम र चन्द्रनगर गाउँपालिकासँगको सहकार्यमा सर्लाहीमा वृक्षरोपण अभियान सुरु गरेको छ ।  

    वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याण लक्षित यस अभियान अन्तर्गत शुक्रबार चन्द्रनगर गाउँपालिका–२ स्थित श्री दुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १ हजार ७ सय ५० मोरिङ्गा (सजिवनी) विरुवा रोपेर कार्यक्रमको पहिलो चरण सम्पन्न गरिएको हो ।

    सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, मधेश प्रदेश प्रमुख नवराज चौधरी, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, वृक्षरोपण अभियानका अभियन्ता बासु गौतम संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।

    कार्यक्रमका वक्ताहरूले मोरिङ्गा विरुवाको उच्च औषधीय तथा पोषक मूल्यको चर्चा गर्नुभयो । उहाँहरुले सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र दीर्घकालीन सुरक्षा संस्कृति प्रवद्र्धनलाई संस्थागत प्राथमिकतामा राख्दै देशभर यस्ता गतिविधिहरूलाई विस्तार गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा कम्पनीको मधेश प्रदेश अनतर्गतका विभिन्न शाखाका प्रमुख तथा अभिकर्ताहरुको पनि उपस्थिति थियो । त्यस्तै कार्यक्रममा स्थानीय सामुदायिक अगुवाहरू, विद्यालय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो ।

    हाल सन नेपाल लाइफले  देशभरी १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।