२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

पशुपति कलेजले मनायो २० औं वार्षिकोत्सव

बुधवार , मंसिर १७, २०८२

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, १७ मंसिर । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१६ स्थित पशुपति कलेजले मंगलबार आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । कलेजको स्थापना भएको दुई दशक पूरा भएको अवसरमा कलेजले विद्यार्थीहरूको क्षमता अभिव्यक्ति र रुचीको विकासलाई लक्षित गर्दै विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

    कार्षिकोत्सवका अवसरमा शैक्षिक, साँस्कृतिक, साहित्यिक तथा खेलकुदका विविध प्रतियोगिताहरू सम्पन्न भएका छन् । विद्यार्थीहरूलाई सिर्जनशील, प्रतिष्पर्धात्मक र नेतृत्व गुण विकास गराउने लक्ष्यसहित कविता, वक्तृत्व, चित्रकला, नृत्य, खेलकुद लगायतका कार्यक्रम प्रस्तुत गरिएको कलेजले जनाएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सामुदायिक कलेजले स्थानीयस्तरमा शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारबाट सामुदायिक कलेजलाई निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

    कलेज सञ्चालक समितिका अध्यक्ष लीलाबल्ल गैरेले पशुपति कलेजले विगत २० वर्षमा समुदाय, अभिभावक र शिक्षकको संयुक्त प्रयासबाट शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । सामूदायिक कलेजले शिक्षाको पहुँच विस्तार, गुणस्तर उन्नयन र विद्यार्थीमैत्री वातावरण निर्माणमा अग्रसर हुँदै आएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा वार्षिकोत्सवको अवसरमा गरिएका सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई पुस्कार वितरण गरिएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विभिन्न अक्षयकोषदाताले स्थापना गरेको छात्रवृति प्रदान गरिएको क्याम्पस प्रमुख जीतबहादुर रास्कोटीले जानकारी दिनुभयो । 

    वार्षिकोत्सवको अवसरमा अक्षयकोषदाता, कलेज सभा सदस्य, कलेज संरक्षक सदस्य लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमखु जगेश्वरी देवी चौधरी, वडा नम्बर १६ का अध्यक्ष भबिलाल भूसाल, क्याम्पस प्रमुख जीतबहादुर राजस्कोटी, तिलोत्तमा नगरपालिका सामाजिक विकास संयोजक रवि सेञ्चुरी, अक्षयकोषदाता जानकीदेवी कोइराला लगायतले बोल्नुभएको थियो ।